नियम ३७
भुक्तानी म्याद दिइएको मानिने व्यवस्था
(१) समितिले भुक्तानी म्यादको सूचना दिने गरी पास गरेको निर्णय बमोजिम दिएको समयको अवधिलाई भुक्तानी म्याद मानिनेछ ।
(२) भुक्तानी म्याद दिंदा कति रकम भुक्तानी गर्नु पर्ने हो सो मितिले कमसेकम १४ दिन अगावै समय, स्थान र कुन व्यक्तिछेउ भुक्तानी गर्ने हो सबै खुलाइ सूचना पठाउनु पर्छ ।